सम्पदा निर्माण गर्दा उपयुक्त स्थान छनोट गर्न नागरिक समाजको माग
पाेखरा | असार १३, २०७९
पोखरा : पोखरा महानगरपालिका ३ पालिखेचोक स्थित निर्माणाधिन फल्चाको सवाललाई मध्यनजर गर्दै नागरिक समाज कास्कीले पोखरा महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
जाति विशेष तथा धार्मिक सम्पदा निर्माण गर्दा उपयुक्त स्थान छनौट गरि मापडण्ड अनुसार सम्पदाहरु निर्माण गर्नुपर्ने भन्दै आइतबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलाई नागरिक समाज कास्कीका अध्यक्ष गोकुल बहादुुर कार्की नेतृत्वको टोलीले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
बढ्दो सवारी चापलाई मध्यनजर गर्दै सडकको स्तरोन्नती गरिएको पाखिलेचोकमा फल्चा निर्माण भइरहेकोले उचित स्थान छनौट गर्नुपर्नै ध्यानाकर्षण पत्रमा उल्लेख छ । ‘पालिखेचोकमा सडक चौडा गर्ने उद्देश्यले त्यहाँ रहेका केही पुराना घरहरुको मुआब्जा बुझाई हटाइएको स्थानमा यो वा त्यो बहानामा संरचना निर्माण गरिनु तत्कालिन समयमा त्यहाँ रहेका घरधनिहरुको अपमान हो भने नालामुख र ज्ञानमार्ग तर्फको बजार विस्तारमाथी अवरोध पुर्याउनुको साथै सडक चौडा गर्दाको भावना, मर्म र उद्देश्य विपरित कार्य हो भन्ने हाम्रो ठहर छ । पत्रमा लेखिएको छ, त्यस्ता सम्पदा निर्माण गर्दा उपयुक्त स्थान छनोट गर्दा राम्रो हुने कुराप्रति महानगरपालिकाको ध्यानाकर्षण गराउन चाहान्छौं ।’

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

